१ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि पुनरागमन जित निकालेको छ ।
फेडेरिक भलेभर्डे र जोसेलुले दोस्रो हाफमा गोल गरेपछि रियलले एक गोलले पछि परेको स्थिति लउटाउँदै सोसिडाडलाई २-१ ले पराजित गरेको हो ।
रियलको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटै एन्डर बारेनेत्सियाले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा रियल खेलमा फर्कियो । ४६औं मिनेटमा भलभेर्डले रियलका लागि बराबरी गोल फर्काए ।
जोसेलुले ६०औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । दुवै गोलका लागि फ्रान्सिस्को गार्सियाले असिस्ट गरे ।
जितपछि ५ खेलबाट १५ अंक जोडेर रियल शीर्ष स्थानमा उक्लेको छ । साविक विजेता बार्सिलोना १३ अंकसहित दोस्रो स्थानमा छ ।
सोसिडाड ५ खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।
प्रतिक्रिया 4