१ असोज, काठमाडौं । ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गर्ल्समा च्याम्पियन बने ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वर्ल्ड कलेजलाई २१–१७ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा गर्ल्सतर्फ गोल्डेनगेटले जेभियरलाई १६-२ ले हरायो । दुवै समूहको विजेताले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
ब्वाइजमा ग्रिनफिल्डका सोनाम साङगु लामा तथा गर्ल्समा गोल्डेनगेटकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ ले लिनिङको गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ, प्रतियोगिताको अफिसियल पार्टनर लिनिङका राजेन महर्जन र आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले पुरस्कृत गरे ।
प्रतियोगिताको प्रायोजकमा प्राइम एजुकेसन, म्याग्निफिसियन्ट एजुकेसन एन्ड आईटी सर्भिस तथा एजुकेसन र माइग्रेसन कर्नर रहेका छन् ।
प्रतिक्रिया 4