
१ असोज, काठमाडौं । राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । त्यसैले अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।
३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।
सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।
३४ पृष्ठको. राहदानी वितरण रोकिएपछि २०८० असार ३ गतेदेखि ६६ पृष्ठको लागि पनि ३४ पृष्ठको सरह ५ हजार रुपैयाँ दस्तुर लिन सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4