
काठमाडौं । विश्वचर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्राण्डलाई बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक दुर्व्यवहारको आरोप लागेको छ । सात वर्ष लामो प्रसिद्धिको उचाइमा उनले पहिलोपटक यस्ता आरोपको सामना गर्नुपरेको हो ।
चार जना महिलाले सन् २००६ देखि २०१३ सम्म आफूहरुमाथि यौन उत्पीडनको गरेको आरोप यी अभिनेताविरुद्ध लगाएका हुन् । बेलायती अखबारहरु सन्डे टाइम्स, द टाइम्स र च्यानल ४ को संयुक्त अनुसन्धानमा यस्ता आरोपहरु उल्लेख गरिएका छन् ।
अभिनेता ब्राण्डले आफूविरुद्धका आरोपलाई अस्वीकार गर्दै आफ्नो सम्बन्ध ‘सँधै सहमति’मा रहेको बताएका छन् । आरोप लगाइएका वर्षहरुमा ब्राण्डले बीबीसी रेडियो २, च्यानल ४ र हलिउड फिल्ममा अभिनेताको रुपमा काम गरेका थिए ।
यो अनुसन्धान विस्तृत रुपमा सन्डे टाइम्समा प्रकाशित भएको छ । ‘रसेल ब्राण्ड इन प्लेन साइट’ डकुमेन्ट्री च्यानल ६ मा प्रसारित भएको थियो । आरोप प्रकाशित भएको केही घण्टाभित्र ब्रान्डले आफ्नो एक टुरको रुपमा, उत्तर–पश्चिम लण्डनको दुई हजार क्षमताको ट्रोबाडोर वेम्बली पार्क थिएटरमा हास्य प्रस्तुति दिंदै थिए ।
करिब एक घण्टा चलेको प्रस्तुतिको क्रममा ब्रान्डले आरोपतर्फ संकेत त गरे तर तिनीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेनन् । बीबीसीले ब्राण्डविरुद्ध चार महिलाले लगाएका आरोपहरु प्रकाशन गरेको छ ।
पहिलो महिलाले आफूलाई ब्राण्डले लस एन्जलसस्थित घरमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोस्रो महिलाले आफू स्कुले विद्यार्थी हुँदा १६ वर्षको उमेरमा ३० वर्षीय ब्राण्डले दुर्व्यवहार गरेको भनेकी छन् । तेस्री महिलाले लस एन्जलसस्थित घरमा काम गर्दा ब्राण्डले आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी छन् । चौथो महिलाले पनि ब्राण्डले पनि आफूलाई यौन र भावनात्मक दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै ब्राण्डले आफूविरुद्ध लगाइएका गम्भीर आरोपलाई अस्वीकार गरेका छन् । आफूलाई टिभी कम्पनीले यस्ता आरोप उल्लेख भएका पत्र दिएको उनले बताए । युट्युब र एक्समा जारी भिडियो सन्देशमा ब्राण्डले भनेका छन्, ‘आश्चर्यजनक, यस्ता आक्रमण निकै गम्भीर छन्, जसलाई म पूर्णरुपमा खण्डन गर्दछु ।’
ब्राण्डले च्यानल ४, एमटीभी, रेडियो एक्स र बीबीसी लगायत रेडियो र टिभीमा कार्यक्रम होस्ट गरेका छन् । सन् २००० मा उनले स्ट्यान्डप–कमेडियनको रुपमा करिअर सुरु गरेका थिए, तर केही वर्षपछि ‘बिग ब्रदर्स बिग माउथ इफोर’को होस्टको रुपमा ठूलो ब्रेक पाए ।
प्रतिक्रिया 4