+
+

शेखरले विश्व-प्रदीप सहितको बैठक बोलाए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १६:२२
फाइल तस्वीर

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि डाकेका छन् ।

विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए । १४ औं महाधिवेशन पछि विश्व–प्रदीप सहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकको दुई दिनअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

बैठक मंगलबार (असोज २ गते) शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए । ‘समूहलाई बलियो बनाउने कुरा हुने नै भयो । विश्व–प्रदीपको धारणा पनि आउँछ’ शेखर–गगन पक्षका एक नेताले भने, ‘असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा हाम्रो तर्फको तयारी पनि हो ।’

साउनको केन्द्रीय समितिको बैठक अघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीप सहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?