
काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औं स्थापना दिवसको अवसरमा आयोजित तस्वीर प्रतियोगितामा सात जना फोटो पत्रकार पुरस्कृत भएका छन् । सोमबार महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएमको २४औं वार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई पुरस्कार रकमसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रतियोगितामा सुशील श्रेष्ठले खिचेको तस्वीरले प्रथम स्थान हासिल गर्न सफल भयो । यसैगरी सुनिल शर्माको तस्वीरले दोस्रो र महेश प्रधानको तस्वीर तेस्रो भए । सान्त्वना स्थानका लागि आर्यन धिमाल, हरि प्रधान, अर्चना श्रेष्ठ र दीपेश श्रेष्ठका तस्विर छानिए । धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।
समारोहमा पुरस्कृत फोटो पत्रकारहरुलाई प्रमाणपत्रसहित रकम प्रदान गरियो । जसमा प्रथम हुनेले ३५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिक्रिया 4