
प्रतिनिधिमूलक तस्वीर : शिक्षक आन्दोलनका लागि पर्वतबाट आउन लागेको टोली ।
२ असोज, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।
महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।
तर शिक्षक महासंघ वार्तामा नगएको हो । ‘जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ छैन’, महासंघका महासचिव लक्ष्मीकिशोर सुदेवीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4