+
+

न्युरोसर्जन डा. राजीव झा ‘नेपाल विद्याभूषण पदक क’बाट विभूषित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १७:५६
न्युरोसर्जन प्रा. डा. राजीव झा । फाइल तस्वीर

काठमाडौं । वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजीव झा ‘नेपाल विद्याभूषण पदक क’ बाट विभूषित भएका छन् । मंगलबार ‘राष्ट्रिय शिक्षा दिवस २०८०’ को अवसरमा नेपाल सरकारले डा. झालाई ‘नेपाल विद्याभूषण पदक क’ बाट विभूषित गरेको हो ।

सरकारले यसपटक ९६२ जनालाई विद्याभूषणबाट विभूषित गरेको छ । विभूषित हुनेहरूमा नेपाल विद्याभूषण ’क’ तर्फ ७९०, नेपाल विद्याभूषण ’ख’ तर्फ ७१, नेपाल विद्याभूषण ’ग’ तर्फ ४४, नेपाल छात्रा विद्या पदक ’क’तर्फ २८ जना छन् ।

डा. झा दुई दशकदेखि वीर अस्पतालमा न्युरोसर्जरी विभागीय प्रमुख हुन् । डा. झा गत वर्ष मात्रै ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका थिए । सोही वर्ष उनले बेलायतको विख्यात ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ पुरस्कार प्राप्त गरेका थिए ।

उक्त पुरस्कार विश्वका प्रख्यात न्युरोसर्जनहरूलाई प्रदान गरिंदै आएको छ । यो सम्मानबाट सम्मानित हुने स्वर्गीय डा. उपेन्द्र देवकोटापछि डा. झा दोस्रो नेपाली चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?