+
+

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

रासस रासस
२०८० असोज ३ गते १२:५८

३ असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।

मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् ।

७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?