+

साफ यू-१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

२०८० असोज  ३ गते १३:३० २०८० असोज ३ गते १३:३०
साफ यू-१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

३ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो । प्रशिक्षक सुनिल श्रेष्ठले खेलअघिको पत्रकार सम्मेलनमा समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने ।

नेपालका कप्तान जियारथ शेखले पनि तयारी राम्रो भएको बताएका छन् । ‘हाम्रो तयारी राम्रो भइरहेको छ । आशा छ, भोलिको खेल पनि राम्रो हुनेछ’, उनले खेलअघिको पत्रकार सम्मेलनमा भने ।

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय