
काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को पहिलो गीत ‘बिरामी मुलुक’ युट्युवमा सार्वजनिक भएको छ । ‘लिरिकल भिडियो’ शैलीमा तयार पारिएको गीत मर्मस्पर्शी लाग्छ ।
मुलुकको समसामयिक मुद्दा, अस्थिर राजनीतिको कारण नागरिकले खेप्नुपरेको सास्ती र हैरानीलाई चित्रण गरिएको गीतमा पात्रको लुक्सलाई पनि प्रस्तुत गरिएको छ ।
जयन जे वाइवाको संगीत, शब्द र आवाज रहेको गीतको भिडियोले उक्त फिल्मको कथावस्तु र भावलाई दर्शाउँछ । सबै पात्र र उनीहरुको मनोदशालाई प्रस्तुत गरिएको यो गीतले राजनीति, नेता र व्यवस्थालाई कटाक्ष गरेको छ ।
सिनेमा आर्टले निर्माण गरेको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतको अभिनय छ । कात्तिक २४ गते फिल्म प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4