+
+

शिक्षक आन्दोलनका कारण खोला किनारका सडकमा समेत जाम (तस्वीरहरू)

विकास श्रेष्ठ/ चन्द्रबहादुर आले विकास श्रेष्ठ/ चन्द्रबहादुर आले
२०८० असोज ४ गते १३:४८

४ असोज, काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण खोला किनार (करिडोर) का सडकमा समेत अत्यिधक जाम बढेको छ ।

विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा प्रदर्शन गरेकाले यातायात अवरुद्ध भएको छ । त्यसैले यी सडक भएर चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले अन्य सडक प्रयोग गर्न भनेको छ र  नयाँ बानेश्वर चोक र माइतीघरबाट डाइभर्सन गरेको छ । त्यसैले बागमती करिडोर, धोबिखोला करिडोर, मनोहरा करिडोर आदि करिडोर सडकमा सवारी साधनको अत्यधिक चाप देखिएको छ ।

साँघुरो सडकमा एक्कासी धेरै सवारी साधन आउँदा र ट्राफिक व्यवस्थापनको उपयुक्त विकल्प नभएका कारण करिडोर सडकहरु अस्तव्यस्त देखिएका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?