+

बंगलादेशलाई हराउँदै साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

२०८० असोज  ४ गते १६:३१ २०८० असोज ४ गते १६:३१
बंगलादेशलाई हराउँदै साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

४ भदौ, काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।

खेलको पहिलो मिनेटमै नाओबा मियतीको हेडर पासमा पोष्ट अगाडिबाटै गोगोमसार ग्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरीसमयमा नाओबा मियतीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा बंगलादेशले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

दोश्रो हाफमा बंगलादेशले केही सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोल गर्न रोके पनि खेलको निर्धारित समय सकिनै लाग्दा भारत एक गोल थप्न सफल भयो ।

अर्जुन सिंहले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

दोस्रो खेलमा नेपालले अहिले साढे ५ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय