
४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुको आन्दोलनले माइतीघर–बानेश्वर सडक किनारमा रहेका विरुवा नष्ट भएकामा ब्यंग्य गरेका छन् ।
प्रदर्शनमा आएका शिक्षकहरुले सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् भने उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ । उक्त दृश्यको तस्वीर फेसबुकमा राखेर मेयर बालेनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखेका छन्
‘नटिप्नु हेर कोपिला,
नचुँड्नु पाप लाग्दछ,
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ ।।’
काठमाडौंमा हरियालीयुक्त देखिने नमुना सडककै विरुवाहरु आन्दोलनले नष्ट भएको छ । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।
अहिले महानगरपालिकाको वातावरण विभागले संरक्षण गरिरहेको यो क्षेत्रको रूखबिरुवा र दूबो बेला बेलामा हुने आन्दोलनको मारमा पर्दै आएका छन् ।
प्रतिक्रिया 4