
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बागमती कोरिडोर सडकको दुवैतर्फ किनारामा वृक्षारोपण गरेको छ ।
काठमाडौं उपत्यकालाई हरियाली शहर बनाउने उदेश्यका साथ ललितपुर महानगरपालिकासंँगको सहकार्यमा वडा नम्बर १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको एनसेलले जनाएको छ ।
यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुग्ने र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग हुने विश्वास कम्पनीको छ ।
शहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न यस कार्यले महत्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वास गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपणको सुरुवात गरेका हुन् ।
ललितपुर महानगरपालिका–१ स्थित बागमती करिडोर सडकको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएको कम्पनीले बताएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शहरमा हरियाली प्रर्वद्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा खुसी लागेको बताए ।
प्रतिक्रिया 4