+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘एक्सपेन्डेबल्स ४’ र ‘ग्रेट इण्डियन फ्यामिली’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते ११:२७

काठमाडौं । नेपालमा शुक्रबार दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा हलिउडको ‘एक्सपेन्डेबल्स ४’ र बलिउडको ‘द ग्रेट इन्डियन फ्यामिली’ छन् । अघिल्लो साता रिलिज भएका नेपाली भाषाका फिल्महरु ‘नांगो गाउँ’ र ‘एक भागवत् र एक गीता’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेका छन् ।

यदि तपाईंलाई एक्सन फिल्ममा रुचि छ र हलिउडका एक्सन स्टारहरु जेसन स्थाथम र सिल्भर स्टालोनको प्रशंसक हुनुहुन्छ भने ‘द एक्सपेन्डेबल्स ४’ मन पर्न सक्छ । यो मल्टिस्टारर फिल्ममा फिफ्टी सेन्ट, मेगन फक्सको पनि अभिनय छ । सन् २०१४ मा रिलिज भएको ‘एक्सपेन्डेबल’को यो चौथो शृंखला हो ।

यो फिल्ममा यसपटक एसियाको कथा भनिएको छ । एक्सपेन्डेबल्स टिमलाई आणविकको दुरुपयोग हुने खतरा रोक्ने जिम्मा दिइएको छ र उनीहरु जासूसी मिसन लिएर एसियामा निस्कन्छन् । स्कट वागले यो फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मको लम्बाइ १०६ मिनेट छ ।

बलिउड फिल्म ‘द ग्रेट इण्डियन फ्यामिली’लाई फ्यामिली र कमेडी ड्रामा जनरामा राखिएको छ । विजयकृष्ण आचार्य निर्देशित यो फिल्ममा विक्की कौशल र मानुषी छिल्लरको शीर्ष भूमिका छ ।

फिल्मको कथावस्तु रोचक छ । एक हिन्दू परिवारको मानिसको जीवनमा त्यतिबेला संकट आइलाग्छ जतिबेला उसलाई आफू जन्मजात मुसलमान भएको थाहा हुन्छ । यो फिल्मको लम्बाइ ११३ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?