+
+

वडालाई उद्यम र पहिचानसँग जोड्दै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १४:११
फाइल तस्वीर

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक वडा एक उद्यम’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

महानगरपालिका क्षेत्रभित्रका हरेक वडाको आफ्नो छुट्टै पहिचान रहेको भन्दै वडैपिच्छे उद्यम तालिम सञ्चालन गरेर आर्थिक विकास गर्ने महानगरले जनाएको हो ।

माटाका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तर कला, खानपान, वाद्य सामग्री निर्माण, पहिरन र शृङ्गारका सामग्री निर्माण लगायतका उद्यमहरु सञ्चालन गर्न लागेको महानगरको सामाजिक विकास महाशाखाले जनाएको छ ।

‘स्थानीयवासीको आय वृद्धिसँग अहिलेसम्म कुनै खास उद्यम पहिचान हुन सकेको छैन भने अब यसलाई पहिचान गर्नु पर्छ । यो पहिचानलाई वडाको पहिचानसँग जोड्नु पर्छ ।

तालिम वडा मात्रैले पर्याप्तता नदेखेर स्थानीय स्तरमा नै निर्मित वस्तुहरूको बजारीकरणका लागि पनि महानगरलेसहयोग गर्दै छ,’ महानगरले भनेको छ ।

‘एक वडा : एक नमुना कार्यक्रम’ मार्फत मौलिक सीप र उत्पादनसँग जोडिएका वस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास महाशाखाका प्रमुख गोपाल पोखरेलले जनाएका छन् ।

‘मौलिक सीप र उत्पादनलाई प्रवर्द्धन गरेर वडा र टोल स्तरमा नागरिकलाई उद्यमी बनाउने र जीवनयापन पद्धतिलाई सहज बनाउने यसको उद्देश्य हो,’ पोखरेलले भने ।

महानगरले वडाहरूमा हुँदै आएका परम्परागत पहिचानहरू उद्यमशीलतासँग जोडेर स्थानीय स्तरमा आय आर्जनका लागि अवसर सिर्जना गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?