
५ असोज, काठमाडौं। फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ ।
मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए ।
उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, मेयरबाट सुनुवाइ नभएको भन्दै विरोध प्रदर्शन लम्ब्याएको उनको भनाइ छ ।
चुनाव अघि वाचा गरेअनुसार साना सडक व्यवसायीलाई वकल्पिक व्यवस्थापन गरेर मात्र हटाउनुपर्ने उनीहरुको माग छ । नगर प्रहरीको गैरकानूनी र आक्रामक पुलिसिङ शैलीलार्य पनि सच्याउनुपर्ने माग उनीहरुको छ ।
काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ईः लगायतको नेतृत्वमा ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलिरहेको छ ।
ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए ।
तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनले भने, ‘व्यक्तिको विरोध गरेको होइन, स्थानीय सरकारसँग जवाफ मागेका हौं । युवाले नेतृत्व गरेको सरकारले पहिलाभन्दा फरक व्यवहार देखाउनुपर्यो भनेका हौं ।’
प्रतिक्रिया 4