
६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् ।
आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।
स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए ।
भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4