+

एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

२०८० असोज  ७ गते ९:३१ २०८० असोज ७ गते ९:३१
एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

७ असोज, काठमाडौं । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।

ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् । अभ्यासका क्रममा उनलाई चोट लागेपछि शल्यक्रिया गरिएको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर 

एसियाली खेलकुद नेपाली क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय