+
+

शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै कांग्रेस बैठकमा चासो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १२:५१

७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै चोसो व्यक्त भएको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको बैठकमा बताए । ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र र जवाफ माग गर्न सभापतिसँग आग्रह गरे । ‘यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,’ भण्डारीले भने ।

अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिएपनि सुनुवाइ नभएको भण्डारीले बताए ।

महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पनि राख्न माग गरे । उनले चेतावनीको शैलीमा भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यस विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो । यसअघि यही रिटमा सर्वोच्चले नै अन्तरिम आदेश जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?