+

बक्सिङमा रविन विजयी, अन्तिम १६ मा उत्तर कोरियाका खेलाडीसँग खेल्ने

२०८० असोज  ८ गते १३:२३ २०८० असोज ८ गते १३:२३
बक्सिङमा रविन विजयी, अन्तिम १६ मा उत्तर कोरियाका खेलाडीसँग खेल्ने

८ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् ।

हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे । खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् ।

रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

एसियाली खेलकुद रविन थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय