हान्झाउ । १९औं एसियाड अन्तर्गत जुडोमा सोमबार प्रतिस्पर्धा गरेका नेपालका सबै तीन खेलाडी पराजित भएका छन् ।
जिओसान लिम्पु जिम्न्यासियममा भएको खेलमा नेपालका मनिता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।
१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी समेत रहेकी पुनम महिला ७५ केजीमुनि अन्तिम १६ को खेलमा मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भइन् ।
महिला ५७ केजीमुनि मनिता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा पराजित भइन् ।
पुरुष ८१ केजीमुनि जंगबहादुर फिलिपिन्सका भिरोन जोन फेरेरसँग पराजित भए ।
प्रतिक्रिया 4