+

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

२०८० असोज  ८ गते १५:२६ २०८० असोज ८ गते १५:२६
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

८ असोज, काठमाडौं ।  माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।

प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।

८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ ले अग्रता दिलाए ।

यस्तै खेलको ९६औ मिनेटमा समीर तामाङले दोस्रो गोल गर्दै नेपाललाई ४-१ गोलले जिताए ।

खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो ।  छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो ।

त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।

दुवै टिमका खेलाडी १० खेलाडीमा सीमित

नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।

अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।

त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

रातो कार्ड पाएपछि सुजन रुँदै मैदानबाट बाहिरिएका थिए ।

आजको दोस्रो खेल भारत र भुटानविरुद्व ५:३० मा हुनेछ ।

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय