+
+

ओली भन्छन्- सरकारले सुन तस्करी छानबिन गर्न चाहेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १६:५९

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् ।

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सरकार आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो ।

एमाले वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिने जिम्मेवारी दिन जिद्दी गरिरहेको बताए ।

‘अहिले आयोग बनाउने तर छानबिन नगर्ने । छानबिन नगर्ने आयोग किन चाहियो ?’ उनले भने, ‘कानुन सुधारका लागि आयोग बनाउने रे । किन चाहियो अयोग, कानुन सुधार आयोगले त्यो काम गरिहाल्छ नि ।’

आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने ओलीले बताए ।

‘धेरै किलो सुनको तस्करी भएको छ । अरुधेरै कुराको तस्करी भएको छ । यो तस्करीको कुनै ख्याल ठटटा होइन, देश विरोधी, देशद्रोही काम गर्ने कुरा कुनै ख्यालठट्टा होइन,’ उनले भने, ‘यो शताब्दीभरी कुनै पनि समयमा यसको छानबिन गराएरै छाडछौं ।’

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौति दिए । भ्रष्टाचारका फाइल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु भएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?