
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने बताए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने ।
आइतबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य भीम पराजुलीले पनि राप्रपसँग सहकार्य गरेर सरकार निर्माण गर्नुपर्ने मत राखेका थिए ।
कोशीमा कांग्रेस नेतृत्वमा रहेको सरकारलाई अदालतले हटाएपछि एमालेका मुख्यमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4