
८ असोज, काठमाडौं । माल्दिभ्ससँगको जित्नै पर्ने खेल जितेर नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
दशरथ रंगशालामा नेपाललाई जिताउन समीर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले गोल गरे ।
यो जितसँगै नेपाल आफ्नो समूहबाट उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान भने समूह विजेता बनेको छ ।
पाकिस्तानसँग बराबरी खेलेको माल्दिभ्स नेपालसँगको हारसँगै घर फर्केको छ ।
अर्को समूहबाट भुटान र भारत सेमिफाइनलमा पुगेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4