+

एसियाडको महिला फुटबलमा नेपाल जापानसँग ८-० ले पराजित

२०८० असोज  ८ गते २०:०५ २०८० असोज ८ गते २०:०५
एसियाडको महिला फुटबलमा नेपाल जापानसँग ८-० ले पराजित

८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह डी अन्तर्गत वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा सोमबार भएको खेलमा नेपाल पूर्व विश्व विजेता जापानसँग ८-० ले पराजित भएको हो ।

एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टोली लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको थियो ।

लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ ।

जापानलाई फराकिलो जित दिलाउन ओसावा हारुकाले दुई तथा रेइना वाकासा, युजुहो शिओकोशी, युजुकी यामामोटो, मामी उएनो, माया हिजिकाता र कोतोनो साकाकिबाराले समान १ गोल गरे ।

नेपालले अब बंगलादेशसँग बिहीबार प्रतिष्ठाको लागि समूहको अन्तिम खेल खेल्नेछ ।

एसियाली खेलकुद नेपाली महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय