
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा फिल्म ‘उपहार’को छायांकन अहिले भइरहेको छ । दशैंअघि छायांकन सक्ने लक्ष्य लिइएको यो फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको शीर्ष भूमिका छ ।
यी तीन अभिनेत्रीले दिनरात खटेर फिल्मको सुट गरिरहेका छन् । तीन महिला पात्रमार्फत निर्देशक देउजाले कथावाचन गर्दैछन् । छायांकन सेटबाट पूजा शर्माको ताजा तस्वीर सार्वजनिक भएको छ, जसमा उनी रोमान्टिक मुडमा प्रस्तुत छिन् ।
निर्देशक देउजाका अनुसार फिल्ममा शर्माले आधुनिक चुलबुले युवतीको भूमिका निर्वाह गरेकी छन् । बेनिशालाई वकिलको भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रेखाको भूमिकाबारे खुलाइएको छैन ।
आगामी वैशाखमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्ममा मुकुन भुसाल, समर्पण थापाको समेत मुख्य भूमिका छ । केमियो रोलमा तेज गिरीलाई देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4