
१० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले संखुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् ।
खड्काले संसदमा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ,’ खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा भनिएको छ ।
खड्काले आफ्नो राजीनामा स्विकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत राजीनामा बुझाइएको खड्काका स्वकीय सचिव भूपाल बस्नेतले जानकारी दिए ।
खड्काले १४ औं महाधिवेशनमा राईमान राईलाई पराजित गरेर जिल्ला सभापति बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4