+
+

कर्णालीमा एमालेको बन्द सत्र आज, चुनावी प्रक्रिया शुक्रबारदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १०:१६

११ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि सारिएको प्रचार विभाग प्रमुख सूर्यमणी गौतमले जानकारी दिए ।

उनका अनुसार बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् । अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेका छ । त्यसपश्चात् ती प्रतिवेदनहरूमा छलफल चल्ने र निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुँनेछ ।

प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् ।

ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए पनि कणर्ालीमा दुईवटा प्यानल नै बनाएर नेताहरु निर्वाचनमा होमिन लागेको एमालेका नेताहरु नै बताउँछन् ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहबाट गुलावजंग शाह र गोरख बोगटी समूहबाट मीनबहादुर शाही अध्यक्ष लड्ने चर्चा छन् । यस्तै पूर्वसभामुख राजबहादुर शाहीले पनि अध्यक्षका लागि तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?