
काठमाडौं । निरुता सिंहको वैवाहिक जीवन निकै खुसीयाली देखिन्छ । भदौ २६ गते मुम्बईका सञ्जीव गुलाटीलाई उनले पतिको रुपमा सामाजिक सञ्जालबाट चिनाएकी थिइन् ।
त्यसयता निरुताले सामाजिक सञ्जालबाट पति सञ्जीवसँगका रोमान्टिक र प्रफुल्ल मुद्राका तस्वीर सार्वजनिक गरिरहेकी छन् । तीज मनाउँदा निरुता रातो कुर्थामा सजिएकी थिइन् भने गुलाटीले नेपाली ढाकाटोपी लगाएका थिए ।
बुधबार पतिसँग जन्मदिन सेलिब्रेट गर्दै निरुताले भिडियो पोस्ट गरेकी छन् । जहाँ यी दुईलाई बर्थडे केक काटेर खुसी मनाउँदै गरेको देख्न सकिन्छ । उक्त भिडियोमा निरुताले केक काटेर पतिलाई चखाएकी छन् । सञ्जीव पनि निरुताको बर्थडेमा खुसी देखिएका छन् ।
उक्त भिडियो पोस्ट गदै निरुताले आफूलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छन् । निरुता पछिल्लो समय मुम्बईमा बस्दै आएकी छन् । उनको पछिल्लो नेपाली फिल्म ‘दाल भात तरकारी’ चार वर्षअघि रिलिज भएको थियो ।
पछिल्लोपटक नेफ्टा फिल्म अवार्डका लागि काठमाडौं आइपुगेकी निरुताले त्यतिबेला आफूले चाँडै नेपाली फिल्म बनाउने जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया 4