
फाइल तस्वीर
११ असोज, काठमाडौं । उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौतीस्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो ।
विभागको संयुक्त बजार अनुगमनमा ती वस्तु फेला पारेपछि ठाउँका ठाउँ जरिवाना गरेको पोखरेलले बताए ।
उपभोक्तालाई म्याद सकिएको चामल बिक्री गरिनु कानुन विपरीत भएकाले कारबाही गरिएको विभागको स्पष्टोक्ति छ ।
जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ ।
बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4