+
+

एमालेको बाग्मती अध्यक्षमा दाहाल र ढुंगेल मात्र उम्मेदवार

केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १९:२८

११ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् ।

साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरुले बताएका छन् ।

नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने निश्चित जस्तै छ ।

निर्वाचन मण्डलले भोलि विहान ८ बजेदेखि मतदानको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?