+
+

एमालेको बागमती अधिवेशन लम्बिदा प्रतिनिधि अलपत्र (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज ११ गते २०:१८

११ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन लम्बिदै गएपछि प्रतिनिधि अलपत्र परेका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न भन्दै नेताहरुले अधिवेशनको प्रक्रिया नबढाउँदा केन्द्रीय कार्यालय च्यासल कुरेर प्रतिनिधिहरु बसिरहेका छन् ।

तर अझैपनि सर्वसम्मत वा मतदानबाट नेतृत्व चयन हुने प्रष्ट छैन । किनकि मतदानको समय पटकपटक सारिदै आएको छ । शुरुमा तय भएको अधिवेशन तालिकामा ९ असोजमै नेतृत्व चयन प्रक्रिया अगाडि बढाउने भन्ने थियो ।

त्यसअनुसार, भृकुटीमण्डपमा उद्घाटन भएको अधिवेशनले भोलिपल्टै प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि बढाउनुपर्ने थियो । तर बन्दसत्र समयमा शुरु हुन सकेन । ढिलोगरी शुरु भएको बन्दसत्रले राजनीतिक, सांगठानिक र लेखा प्रतिवेदन पारित गरेर नेतृत्व चयन प्रक्रिया केन्द्रीय कार्यालय च्यासलमा गर्ने निर्णय गर्यो ।

तर च्यासल पुगेपछि पनि नेतृत्व चयन प्रक्रिया लगातार प्रभावित हुँदै आएको छ । पछिल्लो तालिका अनुसार, आज बिहीबार बिहान ८ बजे मतदान शुरु हुनुपर्ने थियो । त्यसका लागि बुधबार नै मनोनयन दर्ता भयो ।

तर नेताहरुले सर्वसम्मति जुटाउने भनेर निर्धारित तालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेन । शीर्ष नेताहरु सहमति जुटाउन भनेर छलफलमा बसिरहने, तर निष्कर्षमा नपुग्ने हुँदा प्रतिनिधिहरु भने दुई दिनदेखि च्यासलमा अलपत्र छन् ।

नेताहरुका अनुसार, हिजोसम्म प्रतिनिधिलाई खाने र बस्ने व्यवस्था थियो । तर खाने र बस्नेको समेत समस्या परेको छ ।

यद्यपि बिहीबार साँझको संशोधित तालिका अनुसार भोलि, शुक्रबार बिहान ८ बजेबाट मतदान तोकिएको छ । यो अधिवेशनमा अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका अन्य आकांक्षीहरु केशव पाण्डे, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् । अधिवेशनमा एक हजार १७४ जना प्रतिनिधि छन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?