+
+

ओलीको स्पष्टीकरण : मैले फलानालाई भोट दिनुस् भनेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:२७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । फाइल फोटो

१२ असोज, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको दाबी गरेका छन् ।

कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार बिराटनगर पुगेका ओलीले ‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि जनाए । केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै उनले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’

आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?