
काठमाडौं । प्रतिष्ठित भेनिसपछि विपिन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘द रेड सुटकेस’ स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा मनोनयन भएको छ । युरोपको प्रतिष्ठित मानिने यो फेस्टिभल बिहीबारदेखि सुरु भएको छ ।
फेस्टिभलको वेबसाइटअनुसार यो फिल्म युरोपेली समयानुसार यो साताको शनिबार र आइतबार तथा अर्को साताको बिहीबार र आइतबार स्क्रिनिङ हुँदैछ । जुरिचको फिचर कम्पिटिसन खण्डमा यो फिल्मले प्रतिस्पर्धा गर्दैछ ।
भेनिसमा राम्रो समीक्षा बटुलेको यो फिल्मलाई यसैवर्ष नेपाली हलमा रिलिज गर्ने तयारीमा निर्माता छन् ।
निर्देशक फिडेल देवकोटाले रातो सुटकेसमार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथावस्तुलाई प्रस्तुत गरेका छन् । फिल्ममा सौगात एक ट्रक चालकको भूमिकामा छन् । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्मले कतारबाट नेपाल ल्याइएको एक रहस्यमय रातो सुटकेसलाई पछ्याउँछ ।
प्रतिक्रिया 4