
काठमाडौं । चिन्तामणि सिवाकोटीको शब्दमा ‘सुगा नाच्ने पिंजडामा’ बोलको गीत सार्वजनिक भएको छ । मायाप्रेमको भाव समेटिएको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज छ ।
प्रेमिल कथामा बनाइएको भिडियोमा पुष्प खड्का र गरिमा शर्मा फिचर्ड छन् । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा रंग संयोजन गरेका छन् । कोरियोग्राफी राहुल बराइलीले गरेका छन् ।
सिवाकोटी नेपाल राष्ट्रबैंकको सञ्चालक समिति सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4