+

१९औं एसियाडमा चीनले पूरा गर्‍यो स्वर्णको शतक, कोरिया र जापानको कडा टक्कर

२०८० असोज  १२ गते १८:०३ २०८० असोज १२ गते १८:०३
१९औं एसियाडमा चीनले पूरा गर्‍यो स्वर्णको शतक, कोरिया र जापानको कडा टक्कर

१२ असोज, हान्झाउ । आयोजक चीनले १९औं एसियाडमा स्वर्णमा शतक पूरा गरेको छ । शुक्रबार साँझसम्म चीनले सर्वाधिक १०० स्वर्ण जितेको छ ।

यस्तै ५९ रजत र २९ कास्यसहित कूल १८८ पदक जितेर पदकतालिकामा शीर्ष स्थानमा छ ।

एसियाका ४५ राष्ट्र सहभागी १९औं एसियाडमा अहिलेसम्म ३४ राष्ट्रले पदक जितेका छन् ।

दक्षिण कोरिया २४ स्वर्ण २४ रजत र ४४ कास्यहसित ९२ पदक जितेर दोस्रो स्थानमा छ भने २१ स्वर्ण ३३ रजत  र३५ कास्यसहित ८९ पदक सहित जापान तेस्रो स्थानमा छ ।

भारत ८ स्वर्ण जित्दै चौथो स्थानमा छ । भारत १२ रजत र १२ कास्य समेत जितेको छ र कूल पदक ३२ छ ।

८ स्वर्ण नै जितेको थाइल्याण्ड ३ रजत र ९ कास्यहसति २० पदक जितेर पाँचौ स्थानमा छ ।

अहिलेसम्म २१ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ६ राष्ट्रले रजत सम्म जितेका छन् भने ७ राष्ट्रले कम्तीमा कास्य जितेका छन् ।

नेपालले भने सातौं दिनसम्म कुनै पदक जित्न सकेको छैन । नेपालले यस पटक २९ खेलमा २५३ खेलाडी सहभागि गराएको छ । दक्षिण एसियाली राष्ट्रमध्ये भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले पदक जित्दा नेपाल, माल्दिभ्स र भुटानले कुनै पदक जित्न सकेको छैन ।

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय