
१२ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण दल एकमत हुनुपर्ने बताएका छन् ।
चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’
अर्थतन्त्रले विस्तारै लय लिँदै गरेको भन्दै उनले पहिला खुकुलो मौद्रिक नीति अपनाउँदा सजिलै पैसा प्रवाह भएको बताए । त्यसपछि कसिलो मौद्रिक नीति आउँदा बैंक व्याजदर बढाएको उनको तर्क छ ।
उनले भने, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ ।’ सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको भन्दै यसमा यसमा सुधार हुन जरुरी रहेको बताए ।
विदेशी पर्यटकसँगै आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले बताए ।
प्रतिक्रिया 4