+
+

एमाले कर्णालीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १९:५८

१२ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा पाँज जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायले उम्मेदवारी दर्ता गराएका हुन् । उमेद्वारी दर्ता गर्ने अन्तिम समय सिमा सकिएको छ ।

नयाँ नेतृत्वमा सर्वसम्मतिबाट सम्भव नभएपछि निर्वाचन हुन लागेको हो । गुलावजंग र मिनबहादुरले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । एमाले कर्णाली अधिवेशनले पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

जसअनुसार भोलि दिउँसो साढे १ बजे मतदान सुरू हुनेछ । आज साढे ५ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति सवा ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने, सवा ९ बजेसम्म दाबीविरोधको उजुरी दिने, उजुरीमाथि छानबिन गरी सवा ११ बजे उम्मेदवारको सूची पुनः सार्वजनिक गर्ने कार्यतालिका निर्वाचन कमिटीले सार्वजानिक गरेको छ ।

त्यस्तै उम्मेदवारलाई नाम फिर्ताका लागि राति साढे ११ बजेसम्मको समय निर्धारण गरिएको छ भने भोलि बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?