+
+

प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट स्वदेश प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते ९:३५

१३ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् ।

असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् ।

उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेशका लागि उडेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?