१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका युवा खेलाडी आयुष घलान दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सका लागि मार्की प्लेयरका रुपमा अनुबन्धित भएका छन् ।
आयुषले अघिल्लो सिजनमा पनि पोखराबाटै खेलेका थिए । उनले एनएसलको पहिलो सिजनमा गरेको प्रदर्शनकै आधारमा प्रशिक्षक अब्दुल्लाह अल्मुतारइरीले राष्ट्रिय टिममा बोलाएका थिए । त्यसयता उनी राष्ट्रिय टिमका नियमित खेलाडीको रुपमा रहेका छन् । उनी यू–२० राष्ट्रिय टिमका कप्तानसमेत हुन् ।
आयुषले राष्ट्रिय टिमका लागि २०२२ को साफ च्याम्पियनसिपविरुद्ध श्रीलंकाविरुद्ध गोल गरेका थिए ।
ए डिभिजन लिगमा उनले संकटा फुटबल क्लबबाट खेलेका थिए ।
प्रतिक्रिया 4