+
+

भंगहाबाट गाँजा बिक्री गरेको आरोपमा महिला पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १२:५३

१५ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भंगहा नगरपालिका-९ हरिनमरीकी २७ वर्षकी रीनाकुमारी देवी छन् । गोप्य सूचनाको आधारमा आइतबार बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सीतापुर प्रहरी चौकीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको श्रीमानको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?