
काठमाडौं । कुमारी बैंक लिमिटेडले बागमती प्रदेश अन्तर्गत काठमाडौं र ललितपुरमा गरी ५ वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकका अनुसार काठमाडौं जिल्ला अन्तर्गत कपन, सितापाइला र डल्लुमा नयाँ शाखा विस्तार गरेको छ ।
यस्तै ललितपुर जिल्ला अन्तर्गत भैंसेपाटी र टौखेलमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ५ वटै नयाँ शाखा १२ असोजदेखि सञ्चालनमा आएको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4