+
+

एमालेको गण्डकी अधिवेशन : झण्डै एक हजार प्रतिनिधि, २१ होटल बुक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १६:५७

१४ असोज, पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सोमबार पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली हुने शर्माले जानकारी दिएका छन् ।

अधिवेशनबाट नेतृत्व सहमतिबाटै चयन गर्ने गरी प्रयत्न गरिरहेको शर्माले बताए ।

‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

उद्घाटन सत्रपछि लगत्तै बन्द सत्र सुरु हुने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ । निर्वाचन हुने स्थिति आए १६ गते मतदान गरेर १७ गते साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष शर्माले जानकारी दिए ।

‘१ हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?