१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङघम फरेस्ट र ब्रेन्टफोर्डबीचको खेलको फोर्थ अफिसियलबाट डारेन इंग्ल्याण्डलाई हटाइएको छ ।
टोटनहमसँग २-१ ले लिभरपुल पराजित भएको शनिबारको खेलमा उनले त्रुटिपूर्ण निर्णय गरेका थियो ।
यो खेलमा भिडियो असिस्टेन्ट रेफ्रि भीएआर चेक गर्ने क्रममा उनले त्रुटि गरेका थिए । लिभरपुलका लुइस डियाजले गरेको गोललाई मैदानमा रहेका रेफ्रीले अफसाइड दिएका थिए । जसलाई भीएआरबाट चेक गरेर डारेनले पनि अफसाइड नै भनेका थिए ।
डारेनले भीएअर चेक गर्ने विधि पूरा नगरेको र त्रुटिपूर्ण निर्णय गरेको प्रिमियर लिगमा रेफ्री तथा म्यान अफिसियल खटाउन प्रोफेशन गेम म्याच अफिसियल लिमिटेडले स्वीकारेको थियो ।
उसले शनिबार नै डारेनले मानवीय त्रुटि गरेको भन्दै यसबारेमा आवश्यक अनुसन्धान गर्ने बताएको थियो ।
प्रतिक्रिया 4