+
+

एमालेको कोशी प्रदेश कमिटीमा उपाध्यक्षसहित ४९ जना निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:११

१४ असाेज, विराटनगर । एमाले काेशी प्रदेशकाे अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचन भएका छन् ।

उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ ।

१६६ पदका लागि साझ सात बजेबाट सुरु गर्ने तयारी रहेकाे उनले बताए । एक पटकमा ३९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख राेहित काेइरालाले बताए ।

प्रदेश अध्यक्षका लागि विनाेद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् ।

सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?