+
+

गगन थापाको प्रस्ताव : कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चाले सरकार चलाओस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १७:४६

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेका छन् । आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘म त के प्रस्ताव गर्छु भने यो दुई अढाइ वर्ष उहाँहरुले सरकार बनाउने कुरा छ । पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं’ उनले भने ।

*यसअघिको समाचारमा गगन थापाले माधव नेपालको सरकारमा मन्त्री नपठाऔं  भनेको भनी गलत भनाइ समावेश भएकाले सच्याएका छौं । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?