+

मूलपानी क्रिकेट मैदानको निर्माणाधीन प्यारापिट मंसिरसम्म पूरा हुने

२०८० असोज  १६ गते १६:०० २०८० असोज १६ गते १६:००
मूलपानी क्रिकेट मैदानको निर्माणाधीन प्यारापिट मंसिरसम्म पूरा हुने

१६ असोज, काठमाडौं । मूलपानीको तल्लो क्रिकेट मैदानमा निर्माणाधीन दुई प्याराफिट र भीआइपी पभेलियनको काम मंसिरसम्ममा सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

१५ करोड रुपैयाँमा २ वटा प्याराफिट र एउटा भीआइपी पभेलियन निर्माण भरहेको छ । ‘जसको काम रंगरोगन बाँकी हुनेगरि मंसिरसम्ममा भौतिक संरचना पूरा गर्ने योजना छ’, राष्ट्रिय खेलकुद परिषद राखेपका सिभिल इन्जिनियर प्रभात बरालले भने ।

अन्तर कलेज प्रतियोगितादेखि सामान्य घरेलु प्रतियोगिता यो मैदानमा सञ्चालन हुने गरेका छन् ।

उनी भन्छन्, ‘हामीले २ वर्ष अघि टेन्डर सुरु गरेका थियौं, यो पालि क्रमागत बजेट अन्तर्गत १५ करोड बजेट आएको हो’, उनले भने, ‘बजेट निकासा नभएर रंगशालाको काम रोकिएको थियो ।’

मूलपानी क्रिकेट रंगशाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय